गजल

साग अनि सिस्नु खान्छु गरिबको छोरा हुँ ।
यसरी नै जिबनको धान्छु गरिबको छोरा हुँ ।।
नभनिदेउ प्रिया, डोली नैpwan चाहियो भनि,
मान्छ्यौ भने भगाई लान्छु गरिबको छोरा हुँ ।
खान लाउन पुग्दैन जति खेत खनेपनि,
बस प्यारी प्रदेश जान्छु गरिबको छोरा हुँ ।
तिमीले मेरो जति कुभलो चाहे पनि सानु,
म त तिम्रै भूलो चाहान्छु गरिबको छोरा हुँ  ।
प्रेमलाई थाहा छैन छुत के हो अछुत के हो,
धर्म कर्म एउटै मान्छु गरिबको छोरा हुँ ।
पवन खड्का
हाल भारत

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार